Monday, June 15, 2020

भयो लेख्न छोडिदिएँ

भयो लेख्न छोडिदिएँ  

ज्ञानको दीप जल्दै थियो,
विवेकसिल बन्ने प्रयत्न चल्दै थियो,
जब ज्ञानमा नैतिकताको महत्व देख्न छोडिदिएँ,
भयो ज्ञानको बारे लेख्न छोडिदिएँ !


शिष्ट बन्ने रहर थियो,
अनुशासित देखिने लहर थियो,
जब सिष्टतामा नम्रपनको महत्व देख्न छोडिदिएँ,
भयो शिष्टताको बारे लेख्न छोडिदिएँ !!

धर्मको बयान हुँदै थियो,
पापले पाताल लोक छुँदै थियो,
जब धर्ममा न्याय देख्न छोडिदिएँ,
भयो धर्मको  बारे लेख्न छोडिदिएँ !!!

Friday, September 21, 2018

'कखग' पात्र


स्टेज सिङ्गारिएको थियो! स्टेजको पछील्लो भागमा सोफा मिलाएर राखिएको थियो अनी अगाडि होचो तर फराकिलो टेबल ! टेबलमा सयपत्री फुलका माला अनी अबिर! एक छेउमा माइक अनी चर्को स्वरमा बोलिरहेका उद्घोसक ! सोफाको बिचमा दौरा सुरुवाल, ढाका टोपी अनी कोट लगाएका, ड्याम्म ज्यान भएका भलाद्मी 'कखग'पात्र ! उनलाई उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमको प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो- कारण उनी समाजसेवी, साह्रै उदार दिल भएका समाजसेवी ! बोल्ने क्रममा उनले भने :- उत्कृष्ट नतिजा ल्याउन सफल भाईबहिनिहरुलाई बधाई तथा शुभकामना ! भबिस्यमा राम्रो काम गर्नु, असल बन्नु ! समाजको हित हुने काम गर्नु !
आज बिहान तिनै भलाद्मी 'कखग'पात्र रामे दाइको पसलमा चिया पिउदै छन ! एकै छिनमा आजको अखबार अाइपुग्छ पसलमा ! मस्त चिया पिउदै अर्ती उपदेशका कुरा गरिरहेका 'कखग'पात्र लाई एकाएक अखबार पढिरहेका गाउँले हेर्न थालछ्न् ! कारण - उनै भलाद्मिको खबर छापिएको रहेछ - 'छोरालाई दुर संचार प्राधिकरणमा  जागिर खुवाउन प्रबन्ध निर्देसकलाई यती पैसा दिन्छु भन्ने 'कखग'पात्र लाई पक्रन पक्राउ पुर्जी जारी !'
...............................................................................................................................................................

कोठामा अगाडि ३९ इन्च्को टिभिमा फूटबल खेल चलिरहेको छ ! यता खाटमा गम्म सिरक ओढेर लक्का जवान 'कखग'पात्र दाजुले बिदेसबाट पठाएको अाइफोन चलाऊदै फेसबूकमा स्ट्याटस लेख्छ 'नालायक सरकार ! एउटा बाटो पनि गतिलो बनाउदैन ! आफ्नो घर अगाडिको बाटो  हिलो भएको कती दिन भैसक्यो !'
एकैछिनमा तलबाट ममिले भन्नु हुन्छ ' ए छोरा ! तल झर त ! हाम्रो पानी ट्यान्की चुहिएर बाटो हिलो भाईराखेको रहेछ ! हेर्नु पर्‍यो राम्ररी ! '

Sunday, July 5, 2015

Death

Death-everyone knows it is inevitable truth. Many people might have seen others dying and many might have seen others dead, however there must be few people in this world who imagine what they may think while dying.
The topic of death has been striking my mind since I was in a hospital watching my father living his last moments. As soon as I found myself holding my sick father’s wrinkled hand in an ambulance with the emergency sirens on, I started feeling as if I was teleported to a different world from the world I was living. In movies we need background music to really feel the misery of such moment but when I was in that circumstance death song automatically played in my mind.
The misery ascended when the doctor at the emergency ward asked me for my permission to treat my father as he was in a condition where he could stop breathing any moment. There was no option to saying ‘yes’. I was watching his eyes as they put oxygen mask. His eyes were full of life and yet he was dying. He was aggressive enough to put four people treating him on the white coat to the ground in a fight due to the increased blood pressure and yet he was dying. During the treatment, I felt as if the clock was ticking much faster than usual and I was losing him very soon.

A glimpse of hope arose when his heart beat improved and he was admitted to the intensive care unit.

Mixed emotions played in my mind when he was in the intensive care unit for two days. I wondered how he might have been taking the situation. After all, he was not an unconscious sick old man receiving his death treatment but he was as alive as I was. I wondered what he might have been thinking. One side of my brain said he must have been thinking good, thinking about his young days, his parents, his lost ones, his loved ones, his long stay in India, his struggle there and his tough journeys in life while the other part said that all he must have been thinking was of death and how he was going to end.

A glimpse of happiness arose when he was transferred to normal ward from the intensive care unit.

In the normal ward, I could stay close to him. I have not felt any moment precious than that moment in my life. I could feed him, clean his dirt, talk to him and sleep nearby his bed. He was happy at that moment though he could not express it with a smile. After all, he was with his loveliest old-age son whom he loved very much and he had a feeling that he had defeated death.

A glimpse of joy arose when he was transferred to home from the hospital.

As soon as he stepped in his home, he began feeling unwell again. After heart, kidney began to get worse. After a night stay at home, the situation got even worse. So I began chanting ‘ The Bhagavat Geeta’ by his side as everyone wished for it. I didn’t know what I was doing at that moment. He had stopped speaking by that moment. All he was able to do was stare at the people around him and nod his head. I could not keep him in such a pity and decided to take him to the hospital the next day. Most of the people scolded at me trying to persuade me that he was not living longer but I was not going to let him die in such a misery. So he was taken to another hospital again.

The glimpse of joy faded when the hospital decided to transfer him to another hospital stating that they could not treat  dying people.

So he was taken to another hospital nearby. He was not received in the second hospital too stating the same reason as earlier. At that moment I felt as if we did not have hospitals big enough to accommodate dying people.

The glimpse of happiness faded when he was transferred to the first hospital where he was treated some days ago at the middle of the night.

After a long request they accepted to treat him in the emergency ward until the next few hours. I was able to take a deep breathe because I was successful at least to admit him for some hours. It was raining outside and the weather was freezing cold. I was with my brother-in-law wandering inside and outside, sometimes feeding my semi conscious father with drinking water, sometimes making him comfortable at the bed and sometimes providing companionship to my brother-in-law who was tackling with the freezing cold outside.

Next day he was transferred to another hospital stating that his kidneys were in very poor condition. While taking him to the next hospital in an ambulance I felt as if we do not have a single place on earth to let a single person die easily. He was treated in the emergency ward for a day and transferred to the medical ward. His health had shown some improvements in the medical ward for a day and he was eating and speaking well. On the next day his pulses were dead on the monitor but he was eating and talking well. I wondered of the situation but I was happy that he even asked for massaging his body. I left the hospital that night with my brothers and sister to take some rest keeping my few relatives to look after him.

The glimpse of hope faded away when I was called urgently the next morning to the hospital.

When I reached the hospital I was told that he had been calling me for some hours. I immediately entered the critical care unit where he had been transferred after I left him.  I saw him motionless and lifeless. They asked to put on the ventilator and I agreed . After few hours, he was declared dead.

The only question that has been arising in my mind since his death is what might he had been thinking at his last moments. Was he thinking of his three sons who could not be there while he was leaving this world or was he thinking of meeting his parents who had passed away several years ago or was he thinking something else really bothers me these days.



Monday, April 6, 2015

के आकाश निलो नै छ त ?

भ्रम हुँ म ! भ्रम हो यो संसार ! भ्रम हुन् यहाँका यावत् चिजहरु ! यो भ्रम हो , त्यो भ्रम हो , सबै भ्रम हो ! होइन ! होइन ! केहि पनि भ्रम होइन !  आँखाले देखेका , कानले सुनेका , सरिरले भोगेका अनि  मस्तिस्कले बुझेका कुरा पनि कहिँ भ्रम हुन्छन् ?! ओहो , कस्तो दोधार ?!
के त्यो आँप पाकेको नै हो त ? कि त्यो पहेंलो मात्र हो ? के त्यो गोलभेंडा पाकेको नै हो त ? कि त्यो रातो मात्र हो ? के त्यो टेबुलमा सजाईएको फूल, फूल नै हो त ? कि त्यो कपडा या कागज मात्र हो ? के त्यो गलामा झुण्डाईएको बस्तु सुन नै हो त ? कि त्यो जलप मात्र हो ? के त्यो पर्दामा आएका प्रिय , अप्रिय पात्र र घटनाहरु वास्तविक हुन् त ? कि ति काल्पनिक मात्र हुन् ? के उनी ज्याकसन नै हुन् त ? कि उनी जयकिसन मात्र हुन् ? ओहो , कस्तो दोधार ?!
पैसा  मुल्यवान  बस्तु  नै हो त ? कि यो कागज मात्र हो ? होइन, होइन पैसा कागज मात्र होइन , नत्र मानिसहरु यसको लागि किन मरी मेट्थे यसरी ?  ओहो , कस्तो दोधार ?!
अहिले जाडो नै हो , फेरी यो कोठामा न्यानोपन कसरी ? अहिले रात नै हो , फेरी यो उज्यालो कसरी ? काले त कालो भएर पो भनेको , फेरी यो गोरो देखियो कसरी ? ओहो , कस्तो दोधार ?!
मन्त्र - पाठ पढ्ने हो कि धोतिमात्र बेर्ने हो ? गला खोलेर सूरले गाउने हो कि घोक्रो सुकेको आवाज मात्र निकाल्ने हो ? बोल्ने मात्र हो कि केहि गर्ने पनि हो ? ओहो , कस्तो दोधार ?!

जीवनमा कत्ती धेरै दोधारहरु ? ओहो ! यो दोधारमा बस्नु पर्‍यो किन ? आखिर आकाश निलो छ भन्दै मानिस त भ्रममा नै बाच्ने प्राणी हो नि !

Sunday, January 25, 2015

खुल्दुली

माघ महिना छ।  चिसो निकै चुलिएको छ। बिहान-बेलुकिको तिखो जाडोमा हाम्रो देशका 'राजनितीवूड'का महानायकहरुले एक सरो कपडा नभएकालाई एउटा ओढ्ने दिन नसकेता पनि पक्षहत्तरै जिल्ला थर्कने गरी रेडियोमा मरिचले भन्दा बढी गर्मी गर्ने  घटनाक्रमको समाचार दियी   नै राखेका छन्।' हलिवूड','बलिवूड' 'कलिवूड' छाडेर यही 'राजनितीवूड'ले मेरो पनि ब्लड प्रेसर बेला बेलामा निकै बढ्ने गर्छ। यही प्रेसर कम गर्न आज यो लेख लेख्न वाध्य भएँ ।
प्रसँग scriptwriterको हो। जसरी scriptwriterको scriptमा आधारित भएर directorको निर्देशनमा कुनैपनी सिनेमामा कलाकारहरुको अभिनय हेर्न पाईन्छ, त्यसरिनै नेपालको राजनीति एउटा यस्तो ब्रिहत पर्दा हो जसमा अनेक रङ्का , अनेक भाषाका , अनेक भेषका scriptwriterहरुको scriptमा हाम्रा महानायकहरुको भगवान श्री कृष्णको भन्दा बिचित्र लीला हेर्न पाईन्छ। अझ अंग्रेजिमा भन्दा specific हुने हो भने म scriptको मात्र कुरा गर्न चाहन्छु।
हाम्रो 'राजनितीवूड'मा जस्तोसुकै हैसियतकाले पनि अाफ्नो script सहजै प्रबेस गराएर चलचित्र देखाउन सक्छन।  उदाहरणका लागि 'धर्मनिरपेछ्यता'भनिने scriptलाई लिन सकिन्छ। यो एउटा यस्तो script हो जसको writer अहिलेसम्म थाहा छैन।  यो एउटा यस्तो script हो जसको उद्गम कहाँबाट भयो अहिलेसम्म थाहा छैन। यो एउटा यस्तो script हो जसको 'राजनितीवूड'मा पहिला कहिले चर्चा नै थिएन। तर tsunami भन्दा पनि उग्र बेगमा आयो यो scriptscriptwriterहरुले director र कलाकारहरुलाई  यो script hit हुनेमा यती विस्वस्त तुल्याएकी चलचित्र प्रदर्सनका लागि तुरुन्त 'रेडी' भैइहाल्यो। अहिलेसम्म  पनि boxoffice मा यसको बर्चस्व  कायम नै छ।

यस्ता अनावश्यक script हरु हाम्रो  'राजनितीवूड'मा दिनहुँ हाबी हुँदै छन्। दर्सकले नरुचौदा नरुचौदै पनि जबर्जस्ती यस्ता scriptहरु प्रयोग गरेर वाध्यात्मक परिस्थितीमा चलचित्र देखायिदै छ। यस्ता scriptहरु कहाँ रचिन्छन् , को द्वारा रचिन्छन्, किन रचिन्छन् हाम्रा महानायकहरुलाई थाहा नभएको बिषय होइन , तैपनी किन मौनता छाएको हो , एसै भन्न सकिन्न। कतै अब चाँही हाम्रा महानायकहरु बाट नै script रचना र direction को काम पनि सदाको लागि सम्हाल्नु पर्ने स्थिती आएको मनन् गर्ने बेला पो आएको हो कि ?!

Monday, December 30, 2013

७० वर्ष अगाडिको काठमाडौँ



७० वर्ष अगाडिको काठमाडौँ


बा काठमाडौँ उपत्यकाको उत्तरपट्टीको सबैभन्दा अग्लो डाडो यानी तारेभिरको लगभग टुप्पोमा छन् ! रातिको १२ बजे तोपखानाबाट तोप हानेपछि घरबाट दाउरा लिनलाई जंगल हिडेका बा बिहानको ७ बज्नै लाग्दा यहाँ आइपुगे ! सुर्य उदाइसके ! मौसम सफा छ ! काठमाडौँ पुरै मज्जासित देखिन्छ ! बा एसो हेर्छन ! धरहराले पहिलो ध्यान आकर्षण गर्छ ! सेतो रंगमा सजिएको धरहरा अटल भै ठडीयेकोमा बा लाई गौरव लाग्छ ! त्यसपछि मानवनिर्मित कुनैपनि आकर्षणको कुरा छैनन् ! राणाका दरबार दृश्यमा चाहिं आउछन ! बा फेरी नियालेर हेर्छन ! टंगालको भिमसम्सेरको दरबार देखिन्छ ! हाँडीगाउँको पद्मसम्सेरको दरबार देखिन्छ ! केशरमहल र बबरमहल पनि केहि हदसम्म देखिन्छन ! पूर्वमा चांगुनारायण बीचमा बौद्धनाथ अनि पस्चिममा स्वयम्भु पनि देखिन्छन ! कहाँ गए त जनता बस्ने घरहरु ?
छन् ! सबै घरहरु जहींको त्यहिँ छन् ! तर उचाईमा बसेर हेर्दा दृश्यमा समेत नआउने अवस्थामा छन् ! बा लाई आफ्नो घर ठम्याउना नसक्दा दुख लाग्छ ! बास्तबमा आफ्नो मात्र नभई सबैको घर उस्तै अवस्थामा छन् ! माटोको गारो लगाएको , जंगलबाट ल्याएका दाउरा हालेर बनाएका झ्याल ढोका अनि कतिपयका खरका छाना ! कसरी देखिउन त यी ? न ई रंगरोगनले  सजिएका छन् , न त यी दरबारका जति उचाइमा नै उभिएका छन् !  बा अब एसो बस्ति नियालछन् ! तारेभिरको फेदैमा २,४ वोटा घर छन् ! हाल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भनिने ठाउँ त्यति बेला गौचरन यानी गाई चराउने थलोको रूपमा प्रख्यात छ ! त्यहि नजिकै बाट नियाल्दै जाँदा पशुपतिनाथका वरपर देहपतन ( हाल देउपाटन भनिने) मा २, ४ वटा घर छन् ! बौद्धनाथको वरपर हेर्दा बा दङ्ग पर्छन ! त्यहाँ रहेको चिनियाँ लामा र अंगत लामाको टायले छाना भएका घरहरु प्रस्टै चिनिन्छ.न ! टायले छाना भएका मान्छे राजा सरह गनिन्थे !
टुडिखेलको चौर स्पस्ट देखिन्छ ! येसो टुडिखेल बाट दाँया हेर्दा असन इन्द्रचोकमा चाहिं निकै घरहरु छन् ! असन बजार बाका आँखाभरी नाच्न थाल्छ ! १ दामको (४ दाम = १ पैसा , १०० पैसा = १ रुपैया) खुर्सानी , १ दामको जिरा , १ दामको नून भन्दै ब्यापारीले बजार पिट्ने गरेको झझल्को आउँछ ! असन बजारमा २ दाममा टन्न घ्यू चिउरा खाएको पनि याद आउँछ ! तारेभिरम मुटु नै चिस्याउने स्यांठो चल्छ ! के विदी हावा चलेको हो ! भन्दै बा खास्टो मिलाउछन ! तिन वर्ष अगाडि किनेको खास्टो , यो जाडो त कट्ला कि ? भन्दै घरबाट ल्याएको कोदोको रोटि चपाउन थाल्छन् ! कत्ति सारो भएछ हो रोटि यति चाडै भन्दै पानी पिउंछन् ! दाउरा लिनको लागि अझै ३ कोस हिड्नु छ , गाँठे ! भन्दै बाटो तताउछन् !
हिड्दै जाँदा बाले कटहरको रुख देख्छन ! बालाई घर नजिकैको जगतजंगको दरबारको कटहरको रुख याद आउँछ ! जगतजंग जंगबहादुरका छोरा थिए ! उनको दरबारको रौनक चानचुने थिएन ! सधै सजीसजाउ हुन्थ्यो ! ४ घोडा , ६  घोडावाला बग्गी हेर्न बा दरबार छेउ उफ्री उफ्री जान्थे ! जगतजंगको सवारी हेर्न गाउँलेको  घुइचो नै लाग्थ्यो ! बिचरा जगतजंगको आफ्नै काकाका छोराहरु (बिरसम्सेर, भिमसम्सेर , देवसम्सेर आदि इत्यादी गरि १७ भाई) बाट त्यहि दरबारमा निर्ममतापूर्वक हत्या भयो ! पाजी दाजुभाइको जात भन्दै बा फटाफट हिड्न थाल्छन !
बाटोमा हिड्दै जाँदा बाको आँखामा किन किन आज काठमाडौँको दुख मात्र नाचीरहन्छ ! राति १२ बजे हिडेको घरबाट , दाउरा लिने ठाउँ पुग्न अझै ३ कोस हिड्नु छ , फर्कने कहिले ? फेरी रात पर्छ फर्कदा ! पियूने पानी लिन बागमती पुग्नु पर्छ , नून तेल लिन असन ! जाडो खपिनसक्नु हुन्छ , लाउने खास्टो गतिलो छैन ! वर्षभरि खेतबारीमा काम गर्यो , तल्सिंगलाई बालि तिर्दा खान नै पुग्दैन अन्नपातले ! चामल , पिठो , धान पिन्ने कल खोज्न साँखु पुग्नुपर्छ ! अरु त अरु कसैले पनि केटि नै दिदैनन काठमाडौँका केटालाई दुख पाउँछन् भनेर ! धत् ! म त बरू हिन्दुस्तान नै पस्छु ! भन्दै बा लम्कन्छन जंगल तिर !  

Friday, December 13, 2013

लैनो भैंसी

कुरा २०१९ सालको हो । बा त्यतिबेला हिन्दुस्तानबाट फर्किएर हजुरबाको बर्खी बारिरहेका थिए । १९ सालको समयमा बर्खी बार्नु सामान्य कुरा थिएन । धेरै चोखो बस्नु पर्ने , धेरै बार्नु पर्ने र अझ ठुलो कुरा के भने अरुले धेरै चियोचर्चो गर्ने बारे नबारेको बारेमा । यी चिजहरुकाबीच सामान्य जीवनयापन गर्न नै गाह्रो ।
बर्खी बारिरहेको अवस्थामा भित्री हिन्दुस्तान नजाने निर्णय गरेका बाले अब भैसी लिन नेपाल भारतको सिमामा जाने निर्णय गरे । त्यो बेला तराई अनि भारतको सीमामा भैसी लिन जाने मान्छेहरु प्रसस्तै हुन्थे । अब बा पनि तिनै अगुवाहरुलाई पछ्याउदै भैंसी लिन जाने भए ।
भैंसी लिन जानेको टोली नै गठन भयो गाउँबाट । त्यस टोलीको नेतृत्व बाले बाजे भन्नुपर्ने मार्कन्य नामका व्यक्तिले गरे । पहिलो दिनमा टोली काठमाडौँबाट पैदलै सिमभन्ज्यांग हुँदै जुरेखेत निस्कियो । दोस्रो दिन जुरेखेतबाट हेटौंडा हुँदै दक्षिण लाग्यो । चौथो दिन नेपालको सिमानजिकै रहेको भारतको सीतामढी भन्ने ठाउँमा पुग्यो । सीतामढीमा प्रसस्तै भैंसी दलालहरु भेटिन्थे ।
टोली त्यस रात त्यस ठाउँमा गएर बास बस्यो । भोलि पल्ट देखिन् मारामार भैंसीको मोलतोल हुन्थ्यो । गाउँभरिका भैंसीहरु हेरिन्थ्ये । बालाई त्यस रात निन्द्रा लागेन । मरिमरि मुगलानबाट दुख गरेर कमाएको धन खर्च गरेर पहिलो चोटी भैसी किन्न आएकाले उनलाई कताकता असजिलो महसुस भैराखेको थियो , ठगिने डर थियो , यस्तै सोच्दासोच्दै बिहान भयो ।
बालाई मार्कन्य बाजेका साथमा दलालले  भैंसी देखाउन लग्यो  । बा भैंसीवालाले भैंसी समाईराखेको ठाउँमा पुगे । भैसी काईदाको थियो । मोटोघाटो लैनो भैंसी देखनासाथ बालाई किनौंकिनौं लाग्यो । दुध पनि दिनको २ पाथी दीँदो  रहेछ , अब अरु के चाहीयो र ? बाले भने , “ भैया ये भैँसके दाम कितने लोगे ? ”   भैंसीवालाले  भन्यो , “तुम नेपाली लोग सच्चे होते हो , यिस लिए में तुम लोगोसे ज्यादा प्येसे नहिलुंगा, ३०० में लेजावो।यस्तो मिठो बोलेर व्यापार गरेको बाले हिन्दुस्तानमा थुप्रै देखेका थिए , तसर्थ उनले भने, “ भैया ३०० नहि २५० मे दो ।“  भैंसीवालाले भन्यो , “ २७५ मे ले जावो ।यतिका बेलासम्म चुपचाप बसेका मार्कन्य बाजेले भने , “ धत् ! यस्तो भैंसी पनि लैजान्छन् ! सिङ भाला जस्तो छन्  , मर्लास ए भैंसीले हानेर , म भएको भए पांच पैसा पनि हाल्दैन थिए यो भैंसीलाई ।पाका बाजेको कुरामा बालाई विस्वास लाग्यो । उनले भैंसी नलिने विचार गरे । बर्खी बारीरहेको बेलामा सक्खर पानि मात्र खाएकाले मुख च्यापच्याप लागेकाले  अनि धुप एकदम बढेकाले बा एकछिन परको नरिवल रुखको छहारीमा बसे । त्यतिबेला मार्कन्य बाजे त्यहि भैंसीवालालसंग गफ गर्दै थिए । एकछिन पछि मार्कन्य बाजे त्यहाँ बाट एकाएक गायब भए । उनलाई खोज्दै बा यताउता हेर्न थाले । त्यतिकैमा भैंसीवालाले भन्यो , “ हे भाई हम्ने तुमको २७५ मे भैँस दिया था , तुमने नहि खरिदा  , देखो वो भैया जो अभि गए उनोने ३०५ मे खरिद लिया ।यो सुनेपछि बा छानाबाट खसेझैँ भए , जसको विस्वास गरेर भैंसी किन्न आएको उसैबाट यत्रो धोका पाउँदा उनलाई सहि सक्नु भएन । उनले हत्तनपत्त मार्कन्य बालाई र अरु संगै गएका सबैलाई बोलाए अनि भने , “ यो भैंसीवालाले मलाई २७५ मा नै भैंसी दिएको थियो , मलाई मार्कन्य बाले नै सिङ ठाडो भएको भैंसी नकिन भन्नु भयो , मैले बाजेको कुरा माने , अनि अहिले चाही बाजेले नै ३०५ मा मोलतोल गर्नु भएछ । यदि आफ्नै मान्छेमाथि दाऊ हान्ने भए गाउँले हुनुको के अर्थ ?” सधै मार्कन्य बाजेको पुछर लागेर हिडेकाले कसैले पनि बाको कुरा सुनेनन् बरु उल्टै बालाई झपारे । बालाई सहन नसक्नु भयो । उनले एउटा लौरो समाते र भने , “ लो भैया , तुमने २७५ में भैँस दियाथा , इस आदमीने मुजे भड्काया और  भैँस ना लेनेको कहि , फिर तुम्से ३०५ का  सम्झौता किया “, यति भन्दाभन्दै बाले रिसले चुर भएर लौरो समाती हाले ।हिन्दुस्तानमा खानपिन मिलाएकाले बाको ज्यान देखेर नडराउने कमै हुन्थे । मार्कन्य बाजेले स्थितिलाई  नियन्त्रणमा लिन भैंसी बालाई नै लैजान भने ।
आफ्नै गाउँका मान्छेबाट यस्तो  व्यवहार सहन नसकी उनी आफ्नो कुरा मिल्ने एकजना दाईसंग भैंसी , पाडा, पाडी खरिद गरेर घर फर्किने भए ।
घर फर्किनु पनि कम चुनौती पूर्ण थिएन । बाटो पुरै चारकोसे झाडी काटेर आउनु पर्थ्यो । फर्किन सुरु गरेको दोस्रो दिन बा ति दाजुका साथ चारकोसे झाडी आइपुगे । जंगल घनघोर थियो , बाघ प्रसस्तै थिए जंगलमा ।  बिस्तारै रात पर्यो । माथि टहटह जून लागेको थियो । बा र ति दाजु जंगलमा बास बस्ने भए। उनीहरु भैंसी पाडापाडीलाई बाँधेर , सातु पानी खाएर निदाउन मात्र के आँटेका थिए बाघ गर्जिएको आवाज आयो । ति दाजु डरले गर्दा नजिकैको ढलभित्र गएर लुके । बालाई भने भैंसी पाडापाडी कसरी बचाउने भन्ने पीर पर्यो । उनले हत्तनपत्त पाडापाडीलाई बीचमा जम्मा गरे अनि दुइटा भैंसीलाई एक एक छेउमा राखे । त्यसपछि दुइवटा लौरोहरु हातमा लिएर सिङ सानो भएको भैंसीमाथि चढे । अब उनी बाघ नजिकै आउछ कि भनेर एकदम चलाख भएर बसे । एकछिन पछि नभन्दै बाघ आयो । बाले दुबै लौरोलाई मज्जाले हल्लाउदै भैसीलाई पाडापाडिको यताउता हिँडाए । एकछिन बाघ गर्जियो, बाको पनि सातोपुत्लो गयो । केहि समयपछि बाघ बिस्तारै अन्यत्र लाग्यो । बाले बल्ल लामो सास लिए । त्यसपछि ढलभित्र लुकेका ति दाजुलाई बोलाए । दाजु पनि डरले भुत्तुक्कै भएका रहेछन , उनले पनि बाघ गएको थाहा पाए पछि मात्र राम्ररी लामो सास लिए ।  त्यो रात दुबैजना निदाउन सकेनन् ।

हिडेको चौथो दिन बा घर आइपुगे । दुई पाथी दुध दिने  भैंसी ल्याएकोमा सबै दंग परे ।