Friday, September 21, 2018

'कखग' पात्र


स्टेज सिङ्गारिएको थियो! स्टेजको पछील्लो भागमा सोफा मिलाएर राखिएको थियो अनी अगाडि होचो तर फराकिलो टेबल ! टेबलमा सयपत्री फुलका माला अनी अबिर! एक छेउमा माइक अनी चर्को स्वरमा बोलिरहेका उद्घोसक ! सोफाको बिचमा दौरा सुरुवाल, ढाका टोपी अनी कोट लगाएका, ड्याम्म ज्यान भएका भलाद्मी 'कखग'पात्र ! उनलाई उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमको प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो- कारण उनी समाजसेवी, साह्रै उदार दिल भएका समाजसेवी ! बोल्ने क्रममा उनले भने :- उत्कृष्ट नतिजा ल्याउन सफल भाईबहिनिहरुलाई बधाई तथा शुभकामना ! भबिस्यमा राम्रो काम गर्नु, असल बन्नु ! समाजको हित हुने काम गर्नु !
आज बिहान तिनै भलाद्मी 'कखग'पात्र रामे दाइको पसलमा चिया पिउदै छन ! एकै छिनमा आजको अखबार अाइपुग्छ पसलमा ! मस्त चिया पिउदै अर्ती उपदेशका कुरा गरिरहेका 'कखग'पात्र लाई एकाएक अखबार पढिरहेका गाउँले हेर्न थालछ्न् ! कारण - उनै भलाद्मिको खबर छापिएको रहेछ - 'छोरालाई दुर संचार प्राधिकरणमा  जागिर खुवाउन प्रबन्ध निर्देसकलाई यती पैसा दिन्छु भन्ने 'कखग'पात्र लाई पक्रन पक्राउ पुर्जी जारी !'
...............................................................................................................................................................

कोठामा अगाडि ३९ इन्च्को टिभिमा फूटबल खेल चलिरहेको छ ! यता खाटमा गम्म सिरक ओढेर लक्का जवान 'कखग'पात्र दाजुले बिदेसबाट पठाएको अाइफोन चलाऊदै फेसबूकमा स्ट्याटस लेख्छ 'नालायक सरकार ! एउटा बाटो पनि गतिलो बनाउदैन ! आफ्नो घर अगाडिको बाटो  हिलो भएको कती दिन भैसक्यो !'
एकैछिनमा तलबाट ममिले भन्नु हुन्छ ' ए छोरा ! तल झर त ! हाम्रो पानी ट्यान्की चुहिएर बाटो हिलो भाईराखेको रहेछ ! हेर्नु पर्‍यो राम्ररी ! '