Monday, June 15, 2020

भयो लेख्न छोडिदिएँ

भयो लेख्न छोडिदिएँ  

ज्ञानको दीप जल्दै थियो,
विवेकसिल बन्ने प्रयत्न चल्दै थियो,
जब ज्ञानमा नैतिकताको महत्व देख्न छोडिदिएँ,
भयो ज्ञानको बारे लेख्न छोडिदिएँ !


शिष्ट बन्ने रहर थियो,
अनुशासित देखिने लहर थियो,
जब सिष्टतामा नम्रपनको महत्व देख्न छोडिदिएँ,
भयो शिष्टताको बारे लेख्न छोडिदिएँ !!

धर्मको बयान हुँदै थियो,
पापले पाताल लोक छुँदै थियो,
जब धर्ममा न्याय देख्न छोडिदिएँ,
भयो धर्मको  बारे लेख्न छोडिदिएँ !!!